२०८१ बैशाख ६ गते बिहिवार
२०८१ बैशाख ६ गते बिहिवार

पीएसजीका युवा स्टार एमबाप्पेलाई कोरोना संक्रमण

फ्रान्स एवं पेरिस सेन्ट जर्मन (पीएसजी) का युवा स्टार केइलिन एमबाप्पेलाई कोरोना भाइरस संक्रमण भएको छ ।

हाल यूईएफए नेसन्स लिगअन्तर्गत राष्ट्रिय टोलीमा रहेका एमाबप्पेलाई नेसन्स लिग खेल्ने क्रममै कोरोना संक्रमण भएको हो ।

सोमबार टोलीको अभ्यासअघि गरिएको स्वास्थ्य परीक्षणका क्रममा एमबाप्पेमा कोरोना भाइरसको संक्रमण देखिएको थियो । स्विडेनसँगको खेलका क्रममा एमबाप्पेलाई कोरोना संक्रमण भएको फ्रेन्च फुटबल महासंघले जनाएको छ ।

यसअघि स्विडेनविरुद्धको खेलमा एमबाप्पेकै एकमात्र गोल सहयोगमा फ्रान्स विजयी भएको थियो । कोरोना संक्रमण पुष्टि भएपछि एमबाप्पेलाई सेल्फ आइसोलेसनमा राखिएको छ । एमबाप्पेको अनुपस्थितिमा फ्रान्सलाई नेसन्स लिगमा निकै गाह्रो पर्ने पनि देखिएको छ ।

२१ वर्षीय एमबाप्पे कोरोना पुष्टि हुने पीएसजीका पछिल्ला खेलाडी हुन् ।