२०७९ असोज १३ गते बिहिवार
२०७९ असोज १३ गते बिहिवार

८६ हजार नगदसहित प्युठानमा ६ जना पक्राउ

फाइल तस्बिर ।

जुवा खेलेको आरोपमा प्युठानमा ८६ हजार नगद सहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

गोप्य सूचनाका आधारमा गएको प्रहरी टोलीले जिल्लाको प्युठान नगरपालिका–४ स्थित लालीगुराँस होटलमा म्यारिज खेल्दै गर्दा उनिहरुलाई पक्राउ गरेको हो ।

प्रहरीले ८६ हजार ५ सय, ३ गड्डी तास र ६ जनालाई पक्राउ पक्राउ गरि कारबाही प्रकृया अघि बढाएको ५ नं. प्रदेश प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता प्रहरी वरीष्ठ उपरीक्षक राज कुमार वैदवारले जानकारी दिए ।