२०७८ मङ्सिर ६ गते सोमवार
२०७८ मङ्सिर ६ गते सोमवार

तुलसीपुरका ६० जनाको कोरोना परिक्षण रिपोर्ट नेगेटिभ

फाइल तस्वीर ।

कोरोना भाईरस संक्रमणको आशकांमा तुलसीपुर उपमहानगरपालिकाबाट संकलन गरिएको ६० जनाको नमुना स्वाव परिक्षण गर्दा सवैको रिपोट नेगेटिभ आएको छ ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको कोरोना परिक्षणमा तुलसीपुर ११ स्थित क्रियापुर्तिसहित सबैको रिपोट नेगेटिभ आएको फोकल पर्सन बिमल केसीले जानकारी दिएका छन् ।

भदौ १९ गते भारतबाट क्रियापुर्तिसहित तिन जना घर आएका थिए । त्यस्तैगरी पवनगर स्वास्थ्य चौकी, हेमन्तपुर नगर स्वास्थ्य केन्द्र र मानपुर स्वास्थ्य चौकीका कर्मचारीमा समेत कोरोना संक्रमण देखीएपछि तिन वटै स्वास्थ्य चौकीका कर्मचारीको स्वाब संकलन गरि परिक्षण गरिएको थियो ।

फोकल पर्सन केसीका अनुसार बालापुर क्वारेन्टाईनमा बसेकाहरुको पनि कोरोना परिक्षण गरिएको हो । कन्ट्याक्ट ट्रेसिङको आधारमा समुदाय स्तरका व्यक्तिको पनि नमुना स्वाब संकलन गरि परिक्षण गरिएको हो ।

कोरोना आशंकामा स्वाब परिक्षण गर्दा रिपोट नेगेटिभ आएपछि स्वास्थ्य चौकीमा जारी सिल हटाईएको छ ।