२०७८ मङ्सिर १४ गते मङ्गलवार
२०७८ मङ्सिर १४ गते मङ्गलवार

सहकार्यमा आइसोलेसन सेन्टर स्थापना

दाङको तुलसीपुर स्थित राप्ती लाईफ केयर हस्टिपटल प्रालि र तुलसीपुर उमहानगरपालिकाको सहकार्यमा आइसोलेशन सेन्टर स्थापना गरिएको छ । लक्षण देखिएका संक्रमितहरुका लागि १५ बेड र लक्षण नदेखिएका संक्रमितहरुका लागि ५० बेडको आइसोलेसन कक्ष सञ्चालनमा ल्याएको छ ।

अस्पतालका निर्देशक जीवन भण्डारीका अनुसार दाङमा निजि क्षेत्रबाट आईसोलेसन सञ्चालन नहुँदा संक्रमित राख्न समस्या हुने गरेको भन्दै आफुहरुले आइसोलेसन सेन्टर सञ्चालनकालागि उपमहानगरपालिकासंग सहकार्य गरेको बताए । ‘मुलुकलाई संकट पर्दा निजि क्षेत्रको भूमिका पनि महत्वपूर्ण हुन्छ’, उनले भने ‘अहिले कोरोनालाई जित्न हाम्रो भूमिका पनि महत्वपूर्ण हुन्छ, त्यसैले हामीले आईसोलेसन सेन्टर स्थापना गरेका छौं ।’

आइसोलेशनले निःशुल्क सुविधा दिने तुलसीपुर उपमहानगरपालिकाका कोभिड–१९ फोकल पर्सन बिमल केसीले बताए । हस्पिटलको तुलसीपुर ७ मोतिपुर स्थित भवनमा आईसोलेसन सेन्टर स्थापना गरिएको हो ।

सरकारलाई आबश्यक परेको खण्डमा जतिबेला पनि आइसोलेसन सेन्टर स्थापना गर्ने भनि गरेको प्रतिबद्धता अनुसार नै उक्त कार्य अघि बढाईएको अस्पतालका निर्देशक भण्डारीको भनाई छ । हस्पिटलले यस अघि क्वारेन्टिन सेवा पनि दिएको थियो ।

हस्पिटलले लकडाउनको समयमा दैनिकी चलाउन असहज भएकाहरुकालागि खाद्यान्न सहयोग गरेको थियो । कोरोनाको जोखिमकाबीच पनि हस्पिटलले अहोरात्र सेवा प्रदान गरेको थियो ।