२०७८ मङ्सिर ७ गते मङ्गलवार
२०७८ मङ्सिर ७ गते मङ्गलवार

भालुवाङ प्रहरीलाई स्वास्थ्य सामाग्री सहयोग

राप्ती गाउँपालिकाकामा न्याय र सुशासनको क्षेत्रमा काम गर्दै आएको कपिलवस्तुमा रहेको माहुरी होमले दाङका विभिन्न प्रहरी कार्यालयलाई स्वास्थ्य तथा सरसफाईका सामग्री सहयोग गर्ने क्रममा भालुवाङ स्थित ईलाका प्रहरी कार्यालय लाई समेत स्वास्थ्य तथा सरसफाईका सामग्री सहयोग गरेको छ ।

डिएफआइडीको आर्थिक सहयोगमा भिएसओ र ईन्टरनेशनल अलर्टको साझेदारीमा माहुरी होम कपिलबस्तुले कोरोना भाइरसबाट बच्नका लागि स्वास्थ्य तथा सरसफाईका सामग्री सहयोग गरेको हो ।

माहुरी होमले वडा नं. १ का वडा अध्यक्ष ताराबहादुर डिसीको हातबाट ईलाका प्रहरी कार्यालय प्रमुख गंगाबहादुर सारुलाई स्वास्थ्य तथा सरसफाईका सामग्री सहयोग गरेको छ । माहुरी होमले प्रदान गरेको स्यानीटाइजर, मास्क, पिपिई, हेण्डवास, स्प्रे, थर्मल गण, ग्लोब्स, लगायत सामाग्री ईलाका प्रहरी कार्यालयका प्रसनी लक्ष्मीप्रसाद कंडेले बुझ्नु भएको छ ।

कोरोना भाइरस माहामारी रोक्न प्रहरी दिनरात खट्नुपर्ने भन्दै संस्थाले स्वास्थ्य तथा सरसफाईका सामग्री सहयोग गरेको हो । पछिल्लो समयमा प्रहरीमा कोरोना भाइरसको रिपोर्ट पोजेटिभ आउने क्रम बढेपछि सचेत हुँदै काम गर्न सहज गराउन स्वास्थ्य तथा सरसफाईका सामग्री सहयोग गरिएको सामाजिक परिचालक पुष्पा बन्जाडेले जानकारी दिनुभयो ।

माहुरी होमले सहज परियोजना सञ्चालन भएका कपिलबस्तु, दाङ, बाँके, बर्दिया, प्यूठान, रोल्पा, रुपन्देहीमा रहेका प्रहरी कार्यालयलाई सहयोग उपलब्ध गराउने कार्यक्रम रहेको छ ।