२०८१ मङ्सिर २१ गते शुक्रवार
२०८१ मङ्सिर २१ गते शुक्रवार

घर भत्किदा पुरिएर २२ वर्षीय युवकको मृत्यु

सांकेतिक तस्वीर ।

पाल्पा जिल्लाको बगनासकालीमा गयराती घर भत्किदा पुरिएर एक जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार बगनासकाली ७, खानीगाउँकी कान्तिसरा कनौजेको घर भत्किएर सुतिरहेका छोरा २२ वर्षका सुमन कनौजेको ज्यान गएको हो । सुमनलाइ घर भत्किएर च्यापिएपछि स्थानीय बासिन्दाले निकालेपछि उपचारका लागि युनाइटेड मिसन अस्पतालमा उपचारका लागि ल्याएका थिए ।

तर सुमनको उपचारको क्रममा चिकित्सवले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

उक्त पहिरोमा दुई बटा भैसी समेत पुरिएको प्रहरीले जनाएको छ ।