२०८१ बैशाख ४ गते मङ्गलवार
२०८१ बैशाख ४ गते मङ्गलवार

विपी जयन्तीको अवसरमा हापुरेमा मास्क वितरण

नेपाली कांग्रेसका संस्थापक तथा प्रथम जननिर्वाचित प्रधानमन्त्री विपी कोइरालाको १०७औं जन्मजयन्तीको अवसर पारेर पश्चिम दाङको हापुरेमा मास्क वितरण गरिएको छ ।

बीपी कोईराला युवा नेतृत्व विकास मंचद्वारा जिल्लाको दशवटै पालिकामा मास्क बैंक स्थापना गरेर निःशुल्क मास्क वितरण गर्ने कार्यक्रम अन्तर्गत निःशुल्क मास्क वितरण गरिएको हो ।

आज हापुरे मास्क बैंकबाट ११ सय मास्क वितरण गरिएको बीपी कोईराला युवा नेतृत्व विकास मंच दाङका जिल्ला सदस्य झुपु क्षेत्रीले जानकारी दिनुभयो ।

मास्क वितरणमा कार्यक्रममा नेपाल तरुणदल क्षेत्र नं. ५ का उपसभापती हुकुम वली, नेविसंंघका नेता देव वली, कुमार शर्माले हापुरे बजारमा आएका मानिसहरुलाई मास्क वितरणमा सहयोग गर्नुभएको थियो ।