२०७८ मङ्सिर १७ गते शुक्रवार
२०७८ मङ्सिर १७ गते शुक्रवार

करेन्ट लागेर उपमहानगरका कर्मचारीको मृत्यु

फाइल तस्वीर ।

धनगढी उपमहानगरपालिकाको विद्युत शाखामा ज्यालादारीमा कार्यरत् एक जना कर्मचारीको करेन्ट लागेर मृत्यु भएको छ।

बिहीबार उप–महानगरपालिका वडा नम्बर ६ को शिवनगरमा विद्युत सर्भिस पोलमा राखिएको बत्ती जोडेर भर्‍याङ निकाल्ने क्रममा सोही ठाउँका ३२ वर्षीय राजकुमार चौधरी करेन्ट लागेर घाइते भएका थिए।

घाइतेपछि उनलाई धनगढीकै निसर्ग अस्पतालमा उपचार लागि पुर्याइएको थियो। अस्पताल लगेको केही समयपछि उपचारकै क्रममा उनको मृत्यु भएको धनगढी उपमहानगरपालिकाका सूचना अधिकारी सुरेन्द्र कार्कीले बताए।

मृतक चौधरी १ वर्षदेखि उपमहानगरपालिकामा विद्युत इकाई शाखामा काम गर्दै आएका थिए।