२०८१ बैशाख ७ गते शुक्रवार
२०८१ बैशाख ७ गते शुक्रवार

२ रुपैयाँको पनि भष्ट्राचार गरेको छैन : वडा अध्यक्ष डाँगी

नेपाल कम्युनिष्ट पार्टि (विप्लव समूह)को सांघातिक आक्रणबाट घाईते भएका शान्तिनगर गाउँपालिका वडा नं. २ का वडा अध्यक्ष फर्साराम डाँगी काठमाडौंमा उपचारपछि गृह जिल्ला फर्केका छन् ।

बिहिवार वडा अध्यक्ष डाँगी घर जानु अघि वडा कार्यालयमा पुगेका थिए । तरुण दलको आयोजनामा वडा अध्यक्ष डाँगीलाई स्वागत समेत गरिएको थियो । स्वागत कार्यक्रममा बोल्दै वडा अध्यक्ष डाँगीले हिंस्रक स्वभाव भएकाहरुले विभिन्न आरोपमा लगाउँदै आफूमाथि सांघातिक आक्रमण गरेको भन्दै भष्ट्राचार गरेको भए आफू सजाय भोग्न तयार भएको बताउनु भयो । ‘अहिले सम्म मैले २ रुपैयाँको पनि भष्ट्रचार गरेको छैन्’ वडा अध्यक्ष डाँगीले भने, ‘पारदर्शी तरिकाले काम गरेको छु, जनताको सेवा गर्न थप जिम्मेवारी साथ लागिपर्ने छु’ । आफू नेपाली कांग्रेसको सच्चा सिपाही भएकाले विपिको विचारमा सधै अगाडि बढ्ने र सबैसंग सहकार्य गर्ने उनले बताए ।

सो कार्यक्रममा तरुण दल दाङ क्षेत्र नं. ३ का सभापति ललितजंग पाण्डे, पश्चिमदाङका युवा नेता झुपु क्षेत्री लगायतका तरुण नेताहरुको सहभागिता रहेको थियो । तरुण दलका युवाहरुले वडा अध्यक्ष डाँगीलाई तुलसीपुरबाट र्यालीसहित घर सम्म पुर्याएका थिए ।

वडा अध्यक्ष डाँगी गत असार २ गते वडा कार्यालयमै सांघातिक आक्रमणबाट घाइते भएका थिए । सांघातिक आक्रमण भएको स्थानमा नेपाल कम्युनिष्ट पार्टि विप्लव समूहको आक्रमण गर्नुको कारणसहितको पर्चा भेटिएको थियो ।