२०७८ मङ्सिर ११ गते शनिवार
२०७८ मङ्सिर ११ गते शनिवार

रोल्पामा पहिरोले पुरिएर एकै घरका दाजुभाइको मृत्यु

फाइल तस्वीर ।

गएराति पहिरोले घर पुरिँदा रोल्पाको लुङ्ग्रीमा दुई जनाको ज्यान गएकोे छ भने दुई जना घाइते भएका छन् ।

रोल्पाको लुङ्ग्री–१ पाङको ऐपे गाउँका ज्ञानसिंह घर्तीमगरको घर माथिबाट खसेको पहिरोले पुरिदा उनका छोराहरू ११ वर्षका युवराज र ८ वर्षका अमरको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ ।

घटनामा ज्ञानसिंहकी आमा ५० वर्षकी बीरमा र पत्नी ३५ वर्षकी नन्दकली गम्भीर घाइते भएको त्यहाँका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक नरेश सुवेदीले जानकारी दिए । ज्ञानसिंह करिब ८ वर्षदेखि भारतमै छन् ।

घाइते सासूबुहारीलाई उपचारका लागि अस्पताल पु¥याइएको प्रहरी बताएको छ ।