२०८१ बैशाख ७ गते शुक्रवार
२०८१ बैशाख ७ गते शुक्रवार

कार्यालयका कर्मचारीसहित बाँके थप ४० जनामा कोरोना पुष्टि

शनिबार बाँकेमा थप ४० जना नयाँ संक्रमित थपिएका छन्। भेरी अस्पतालमा गरिएको पिसिआर परीक्षणका क्रममा ३५ जना र बागेश्वरी ल्याबमा परीक्षण गर्दा थप ५ जनामा संक्रमण पुष्टि भएको छ। जसमध्ये १२ महिला र २८ पुरूष छन्।

शनिबार भेटिएकामध्ये ८ जना मालपोत कार्यालयका कर्मचारी रहेका छन्। जसमा लेखा अधिकृत समेत रहेको जिल्ला फोकल पर्सन नरेश श्रेष्ठले सेतोपाटीलाई जानकारी दिए। अन्य संक्रमित सबै सर्वसाधारण नागरिक रहेको उनले बताए।

योसँगै बाँकेमा मात्रै कुल संक्रमितको संख्या १ हजार ४ सय ४ जना पुगेको छ। त्यसमध्ये ४ सय १४ जना सक्रिय संक्रमित छन्।