२०७९ असोज १८ गते मङ्गलवार
२०७९ असोज १८ गते मङ्गलवार

प्रदेश ५ का स्थानिय तहमा कृषि प्राविधिक भर्ना गरिदै

फाईल फोटो

प्रदेश नं. ५ मा १७७ जना कृषि प्राविधिक भर्ना गर्नका लागि आवेदन खुलेको छ । प्रदेश ५ अन्तर्गतका हरेक १०९ वटा स्थानीय तहमा एक जना कृषि प्राविधिक भर्ना गर्न लागिएको हो ।

प्रदेश ५ भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले सिर्जना गरेको अस्थायी दरवन्दी र रिक्त स्थानमा समेत थप ६८ जना कृषि कर्मचारी भर्ना गर्न लागिएको मन्त्रालयले जनाएको छ । कर्मचारीको छनोट अन्तर्वार्ताका माध्यमबाट गरिने छ ।

यसका लागि शैक्षिक प्रमाणपत्रलाई भने मुख्य आधार मानिने मन्त्रालयले जनाएको छ । शैक्षिक प्रमाणपत्रलाई ५० प्रतिशत अंकभार दिएर प्रतिस्पर्धीको मूल्यांकन गरिने भएको छ ।