२०७९ असोज १९ गते बुधवार
२०७९ असोज १९ गते बुधवार

तुलसीपुरमा एकैदिन २२ जनामा कोरोना पुष्टि

सांकेतिक तस्वीर ।

तुलसीपुरमा समुदाय स्तरमा एकै दिन २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। समुदाय स्तरको ८९ जनाको कोरोना परीक्षण गरिएकको मा २२ जनामा कोरोना पोजिटिभ देखिएको तुलसीपुर उपमहानगरपालिकाका कोरोना फोकल पर्सन जनस्वास्थ्य निरीक्षक विमल केसीले जानकारी दिए।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा गरिएको ८९ जनाको स्वाब परिक्षणका क्रममा २२ जनाको पोजिटिभ आएको कोभिड फोकल पर्सन केसीले बताए।

संक्रमितहरुमा कन्ट्याक्ट ट्रेसिङ्ग गरिएका व्यक्तिहरु र स्वास्थ्यकर्मी रहेका छन। यसमा चार जना उपमहानगरका स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी र बाँकी आम नागरिक रहेका छन।