२०८० चैत्र १६ गते शुक्रवार
२०८० चैत्र १६ गते शुक्रवार

तुलसीपुर उपमहानगरका ३ जना कर्मचारीमा कारोना

फाइल तस्वीर ।

तुलसीपुरमा शनिवार २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

तुलसीपुर उपमहानगरपालिका कोभिड १९ फोकल पर्सन बिमल केसीका अनुसार उपमहानगरपालिका कार्यालयमा कार्यरत एक जना कार्यालय सहयोगी सहित ३ जना, तुलसीपुर १९, ६,४ र ३ मा रहेको स्वास्थ्य संस्थामा कार्यरत दुई जना कार्यालय सहयोगी सहित ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

त्यस्तैगरी समुदाय स्तरका अन्य १३ जना समुदाय स्तरका व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा शनिवार तुलसीपुरका ८९ जनाको स्वाव परिक्षण गर्दा २२ जनामा कोरोना पुष्टि भएको हो ।