२०७८ मङ्सिर १५ गते बुधवार
२०७८ मङ्सिर १५ गते बुधवार

देशभरका २३१ कैदीमा कोरोना, ५ जनाको मृत्यु

सांकेतिक तस्वीर ।

मुलुकका विभिन्न कारागारमा अहिलेसम्म २३१ कैदीबन्दीमा कोभिड–१९ सङ्क्रमण देखिएको छ। कूल ८०० भन्दा बढीमा गरिएको परीक्षणमा उनीहरूको सङ्क्रमण देखिएको हो।

कारागार व्यवस्थापन विभागका अनुसार सङ्क्रमितमध्ये आजसम्म ८६ जना निको भएर फर्किएको र १३७ उपचाररत् छन्।

केन्द्रीय कारागार कार्यालय सुन्धारामा रहेका पाँचको मृत्यु भएको र तीनजना कैद भुक्तानी गरेर गएको विभागका सूचना अधिकारी देवर्षि सापकोटाले जानकारी दिए। उनीहरूलाई होम आइसोलेसनमा बस्ने गरी पठाइएको छ ।

आजसम्म देशभरका ७१ मध्ये ११ वटा कारागारमा सङ्क्रमण देखिएको छ।