२०८० चैत्र १६ गते शुक्रवार
२०८० चैत्र १६ गते शुक्रवार

सिन्धुपाल्चोकमा पहिरो : ३ जनाको मृत्यु, ५ जना बेपत्ता

तस्विर: विष्णु खड्काको ट्विटरबाट ।

पहिरोका कारण सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकामा ३ जनाको मृत्यु हुनुका साथै १५ जना बेपत्ता भएका छन्। अविरल वर्षाका कारण नगरपालिकाको वडा नम्बर ७ मा गएको पहिरोले ८ वटा घर बगाउँदा १५ जना बेपत्ता भएका हुन्।

नगरपालिकाकी उपमेयर सुशिला पाख्रिनले कुरा गर्दै सो स्थानभन्दा माथि रहेको भिरखर्क भन्ने स्थानमा पनि केही घर पुरिएको र सोका कारण ३ जनाको मृत्यु भएको खबर आफूले पाएको बताइन्।

त्यहाँ अझै घरहरू पुरिएको र धेरै क्षति भएको उनको भनाइ छ।

त्यसैगरी उनले चाङसार भन्ने स्थानमा पनि पहिरोले केही घर बगाएको जानकारी प्राप्त भएपनि मानवीय क्षतिको जानकारी नआएको बताइन्।

-सेतोपाटीबाट