२०८१ बैशाख ६ गते बिहिवार
२०८१ बैशाख ६ गते बिहिवार

रवि लामिछानेको जन्मोत्सवमा स्वास्थ्य सामाग्री वितरण गरिदै

सिधाकुरा जनतासँगका सञ्चालक तथा चर्चित पत्रकार रवि लामिछानेको जन्मोत्सवको अवसरमा आज दाङका विभिन्न स्थानमा स्वास्थ्य सामाग्री वितरण गरिने भएको छ ।

विभिन्न सामाजसेवी तथा सहयोगीमनहरुको सहयोगमा कोरोना भाईरसको महामारीको नियन्त्रण र रोकथामका लागि अग्रणी भुमिका खेलेका विभिन्न संघ संस्थाहरुलाई स्वास्थ्य सामाग्री वितरण गर्न लागेको विमल खड्काले जानकारी दिनुभयो ।

यसका लागि तुलसीपुर उद्योग वाणिज्यका सचिव विनिल केसीले सेनिटाईजर, तुलसीपुरका समाजसेवी तथा युवा व्यवसायी ललितजङग शाहले सेनिटाइजर, नेपाली काङग्रेस क्षेत्र नं ३ का उपसभापति प्रमोद बस्नेतले पञ्जा, तुलसीपुर ५ का वडा अध्यक्ष विरेन्द्र शाहले २५० थान मास्क, शान्तिनगर २ का गणेश कुमार  रेग्मीले २५० थान मास्क, गणेश रेग्मीले २०० थान मास्क, तरुण नेता सुनिलबाबु डाँगीले १०० थान मास्क सहयोग गरेको र सो मास्क तथा सेनिटाईजर विभिन्न संघ सस्थालाई हस्तान्तरण गर्ने कार्यक्रम रहेको खड्काले बताउनुभयो ।