२०७८ मङ्सिर १९ गते आइतवार
२०७८ मङ्सिर १९ गते आइतवार

दाङमा भोलीदेखि बजार र सार्वजनिक सवारी संचालन हुने

फाइल तस्वीर ।

दाङमा भोलीबाट बजार र सार्वजनिक सवारी साधन संचालनमा आउने भएका छन् ।

बिहान ६ बजेदेखि साँझ ७ बजेसम्म बजार, उद्योगधन्दा कलकारखाना खुल्ने र सार्वजनिक यातायातका सवारी साधनहरु पनि जोरबिजोरका आधारमा संचालनमा आउने जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख गणेस चन्ले जानकारी दिए ।

‘काठमान्डौमा खुलीसक्यो यहाँ मात्रै रोकेर पनि भएन,’ प्रहरी प्रमुख चन्दले भने –‘ सामाजिक दुरी र सजगता अपनाउँदै लकडाउन खुकुलो बनाउने निर्णय भयो ।’

दाङका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालको अध्यक्षतामा घोराहीमा बसेको सुरक्षा समितिको बैठकले लकडाउनलाई खुकुलो बनाउदै लैजाने निर्णय गरेको हो ।

बैठकमा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र अनुसन्धान प्रहरीका प्रमुख तथा प्रतिनिधिको सहभागिता रहेको थियो ।