दाङमा प्रहरीले पाँच जुवाडेलाई पक्राउ गरेको छ ।
प्रदेश नं. ५ प्रहरी कार्यालय दाङका अनुसार शनिबार साँझ ६ बजेतिर घोराही उपमहानगरपालिका वडा नं. १५ पाठकचोक बस्ने याम बहादुर थापाको घरमा जुवा खेलिरहेको अबस्थामा प्रहरीले पक्राउ गरेको हो ।
उक्त जुवा खालबाट ३ गड्डी खोलेको तास र नगद ३० हजार तीनसय ९५ नगद समेत बरामद गरेको छ ।