२०७८ मङ्सिर ९ गते बिहिवार
२०७८ मङ्सिर ९ गते बिहिवार

शान्तिनगरमा समुदायस्तरका २०४ जनाको स्वाब संकलन


शान्तिनगनगर गाउँपालिकामा समुदास्तरका २०४ जनाको कोरोना भाइरसको पिसिआर परिक्षणका लागि स्वाब संकलन गरिएको छ । गत २१ गतेदेखि आजसम्म समुदाय स्तरमा २०४ जनाको स्वाब संकलन गरेको हो ।

क्वारेन्टाइनमा बसेका, जिल्ला बाहिरबाट आएका, व्यापारी, बढी हिँडडुल गर्ने, शंकास्पद व्यक्ति तथा विरामीलाई विभिन्न वडामा गएर स्वाब संकलन गरेको शान्तिनगर गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख हरी पुनले जानकारी दिनुभयो ।

सुरुमा ५२ जनाको स्वाब संकलन गरी परिक्षणका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा पठाइएकोमा १ जनामा समुदायस्तरमा कोरोना पोजेटिभ देखिएको थियो । पछिल्लो पटक ९३ जनाको स्वाव संकलन गरी परीक्षणका लागि पठाइएको रिपोर्ट आउन बाँकी रहेको स्वास्थ्य प्रमुख पुनले बताउनुभयो ।

थप आज ५९ जनाको स्वाब संकलन गरी पठाउने तयारी गरिएको छ ।