२०७८ मङ्सिर १६ गते बिहिवार
२०७८ मङ्सिर १६ गते बिहिवार

रवि लामिछानेको जन्मोत्सवमा स्वास्थ्य सामाग्री वितरण

सिधाकुरा जनतासंगका सञ्चालक तथा चर्चित पत्रकार रवि लामिछानेको जन्मोत्सवको अवसरमा आज शान्तिनगर र बबईका विभिन्न स्थानमा स्वास्थ्य सामाग्री वितरण गरिएको छ ।

विभिन्न सामाजसेवी तथा सहयोगीमनहरुको सहयोगमा कोरोना भाईरसको महामारीको नियन्त्रण र रोकथामका लागि अग्रणी भुमिका खेलेका स्वास्थ्य चौकी, प्रहरी चौकी तथा विभिन्न बटुवालाई स्वास्थ्य सामाग्री वितरण गरिएको हो ।

विमल खड्काको नेतृत्व तथा सक्रिय युवा क्लवको समन्वयमा १ हजार थान मास्क, सेनिटाईजर जस्ता स्वास्थ्य सामाग्री वितरण गरिएको हो । ईलाका प्रहरी कार्यालय खिलतपुर, प्रहरी चौकी चिराघाट, चिराघाट स्वास्थ्य चौकी, बाघमारे स्वास्थ्य चौकी लगायत बाटोमा हिँडेका बटुवालाई रवि लामिछानेको जन्मोत्सवको अवसरमा स्वास्थ्य सामाग्री वितरण गरिएको विमल खड्काले जानकारी दिनुभयो ।