२०८१ मङ्सिर २१ गते शुक्रवार
२०८१ मङ्सिर २१ गते शुक्रवार

रोल्पाको होलेरीमा लकडाउन घोषणा

फाइल तस्वीर ।

दक्षिण रोल्पास्थित रुन्टीगढी गाउँपालिकाको केन्द्र होलेरी बजारका एक डेरी व्यवसायी र बैंकका कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि होलेरीलाई निषेधित क्षेत्र घोषणा गरिएको छ ।

स्थानीय प्रशासनले होलेरी र आसापासका क्षेत्रमा आइतबारदेखि अनिश्चितकालका लागि ‘लकडाउन’ जारी गरेको हो । होलेरीको सुरक्षामा खटिएका प्रहरीमा समेत कोरोना देखिएको छ ।

प्रमुख जिल्ला अधिकारी नरेन्द्रकुमार रानाका अनुसार कोरोना संक्रमण समुदायमा पुगे नपुगेको अध्ययन थालिएको छ । होलेरीमै शनिबार र आइतबार गरी ८ जनामा कोरोना संक्रमण देखिएको छ ।

स्थानीय प्रशासन र जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको निर्णयअनुसार होलेरी केन्द्रविन्दू हुनेगरी दक्षिणतर्फ दाङको सीमास्थित ग्वारखोला, पूर्वमा नयाँगाउँ ढुंगाखानी, पश्चिममा खस्रेबजार र उत्तरमा सखी सैबाङसम्म निषेधित क्षेत्र तोकिएको हो ।

आइतबारसम्म रोल्पाका ९३ जनामा कोरोना संक्रमण भइसकेको जिल्ला स्वास्थ्य कार्यालयले बताएको खबर कान्तिपुरमा प्रकाशित छ ।