२०८१ बैशाख ७ गते शुक्रवार
२०८१ बैशाख ७ गते शुक्रवार

पहिरोले दाङ-रोल्पा सडकखण्ड अवरुद्ध

फाइल तस्वीर ।

पहिरोका कारण दाङ-रोल्पा सडकखण्ड अवरुद्ध भएको छ ।

प्यूठानको सरुमहारानी गाउँपालिका ४ पाकुरीखोलामा आज बिहान ५ बजे पहिरो जाँदा यो सडकखण्ड अवरुद्ध भएको हो ।

यो सडकखण्डमा अहिले कुनै पनि गाडी चलेका छैनन् ।

सडक खुलाउने प्रयास भइरहेको छ ।