२०७८ मङ्सिर ४ गते शनिवार
२०७८ मङ्सिर ४ गते शनिवार

कपिलवस्तुका २ कोरोना संक्रमितको रुपन्देहीमा मृत्यु

सांकेतिक तस्वीर ।

रुपन्देहीमा दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ। मृतक दुबै जना कपिलवस्तुका हुन्।

जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार लुम्बिनी प्रादेशिक अस्पतालको कोरोना विशेष अस्पताल बुटवल र भीम अस्पताल भैरहवामा उपचाररत् कपिलवस्तु शिवराज नगरपालिका वडा नम्बर ५ का २ जनाको मृत्यु भएको हो।

कार्यालयका कोरोना फोकल पर्सन केदारनाथ शाहले भीम अस्पतालमा उपचाररत शिवराज ५ का ५८ वर्षीय पुरुष र वडा नम्बर ५ कै ४७ वर्षीय महिलाको बुटवलमा मृत्यु भएको जानकारी दिए।