दाङको राप्ती गाउँपालिकाले सुचना निकाली नदिजन्य पदार्थ हाल बन्द रहेकोले गैर कानुनी रुपमा ननिकाल्न सुचना प्रकाशन र प्रशारण गरेको तिन दिनमा ३ वटा टेक्टर नियन्त्रणमा लिएर जरिवाना गरेको छ ।
गाउँपालिका क्षेत्रभित्र रहेका विभिन्न नदी, खोलानालाहरुबाट अनुमति विना अवैध रुपमा ढुंगा, गिट्टी, वालुवा, मिस्कट लगाएतका नदीजन्य पदार्थहरुको उत्खनन तथा संकलन हाल लाई बन्द गरिएकोमा रातको समयमा चोरी निकाशी गर्ने ३ वटा टेक्टर नियन्त्रण मा लिएर प्रति टेक्टर २० हजारका दरले जरिवाना गरेको हो ।
सरकारको नियमानुसार बातावरणीय प्रभाव मुल्याङकन आईईई र ईआईई पुरा गरी निकासी गर्नु पर्नेमा हाल सो आईईई र ईआईईको प्रक्रिया भैरहेको र निकट दिनमै प्रक्रिया गत रुपमा नदि जन्य पदार्थ खुल्ला गरिने भएको हुदा केहि समयलाई यस्ता चोरी कार्य नगर्न नगराउन राप्ती गाउँपालिकाले सबैमा अनुरोध समेत गरेको छ ।
भदौको २५ गते नदिजन्य पदार्थ कोही कसैले चोरी निकासी गरेको पाईएमा नियमानुसारको जरिवाना गर्ने गरी कार्यपालिकाको बैठकबाट निर्णय भएको हुँदा गाउँपालिकाको अनुमति र स्वीकृती नलिई कोही कसैले यस किसिमको कार्य नगर्न नगराउनुहुन प्रमुख प्रशासकिय अधिकृत शोभाराम रिजालले एक सुचना निकाली सबैमा अनुरोध तथा जानकारी गराउनु भएको हो ।
साथै गाउँपालिकाको अनुमति वा स्वीकिृत विना कसैले नदीजन्य पदार्थको अवैध उत्खनन र संकलन गरेको देखेमा नजिकको प्रहरी कार्यालय, सम्बन्धित वडा कार्यालय तथा गाउँपालिकामा जो कोहिले जानकारी गराएमा र अबैध चोरी गर्नेलाई पक्राउ गर्न सुचना दिएमा खवरिको नाम ठेगाना गोप्य राखिने र जरिवानाको २० प्रतिशत पुरस्कार समेत दिईने प्रमुख प्रशासकिय अधिकृत शोभाराम रिजालले जानकारी दिनु भएको छ ।
पछिल्लो समय जिल्लासमन्वय समितिले स्थानिय सरकारलाई चोरि निकाशि गर्नेको जरिवाना लिन अधिकार दिए संगै राप्तीमा तिन दिनमा तिन वटा टेक्टर नियन्त्रणमा आएका हुन ।
राप्ती गाउँपालिकाको कार्यपालिका बैठकले नदिजन्य पदार्थ चोरी गर्ने सवारी साधनलाई क्रमश पहिलो पटक दोस्रो पटक तेस्रो वा सो भन्दा बढी प्रति पटकको लागि टेक्टर २० हजार, ३० हजार, ४० हजार, ट्रिपर ४० हजार, ५० हजार, ६० हजार, ब्याकहो लोडर ६० हजार, ८० हजार, १,०० हजार, स्काभेटर ८० हजार, ९० हजार, १ लाख २० हजारका दरले जरिवाना गर्ने निर्णय गरेको छ ।
गाउँपालिकाले दोस्रो पटक चोरी निकासीमा पक्राउ परेका सवारी साधन भएमा सवारी धनि तथा सवारी नम्वर र चालकको नाम सार्वजनिक गर्ने समेत बताएको छ ।