२०७८ मङ्सिर १४ गते मङ्गलवार
२०७८ मङ्सिर १४ गते मङ्गलवार

शान्तिनगरका २ कर्मचारीसहित दाङमा ४४ जनामा कोरोना पुष्टि

शान्तिनगर गाउँपालिकाका २ जना कर्मचारी सहित दाङमा समुदास्तरका थप ४४ जनामा कोरोना पुष्टि भएको छ ।

घोराहीमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको कोरोना परिक्षणका क्रममा सोमवार दाङमा ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

संक्रमितहरु घोराही उपमहानगरपालिका १९ जना, शान्तिनगर गाउँपालिकाका १७ जना र बबई गाउँपालिका ८ जना रहेका छन् । घोराही उपमहानगरपालिका–१० नारायणपुर क्षेत्रबाट स्वाव संकलन गरिएको ६४ जनामा मध्य १५ जनामा कोरोना संक्रमण पुष्टि भएको घोराही उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख नारायण घर्तिले जानकारी दिएका छन् ।

शान्तिनगरमा समुदास्तरका १७ जनामा कोरोना संक्रमण :
शान्तिनगर गाउँपालिकाका कर्मचारी र समुदाय स्तरका ९३ जनाको कोरोना पिसिआर परिक्षणका लागि स्वाव संकलन गरी राप्ती विज्ञान प्रतिष्ठान घोराहीमा पठाइएकोमा १७ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।

शान्तिनगर गाउँपालिकाका १० जना पुरुष र ७ जना महिलामा कोरोना संक्रमण भएको देखिएको हो ।

जसमा गाउँपालिकाका २ जना कर्मचारी, वडा नंं ५ का १० जना, वडा नं. ४ का २ जना, वडा नं. ७ मा २ जना, वडा नं. ६ का १ जनामा पोजेटिभ देखिएको स्वास्थ्य शाखा प्रमुख हरी पुनले जानकारी दिनुभयो ।

गाउँपालिकाका २ कर्मचारीमा कोरोना संक्रमण देखिएपछि भोली बस्ने बैठकले के गर्ने भन्ने निर्णय गर्ने गाउँपालिका अध्यक्ष कमानसिं डाँगीले जानकारी दिनुभयो । ।