२०८० चैत्र १५ गते बिहिवार
२०८० चैत्र १५ गते बिहिवार

पञ्चकुलेदेखि कटकुईयाँसम्मको कालोपत्रे गर्ने काम अन्तिम चरणमा

बबई गाउँपालिका वडा नं. ६ पञ्चकुले चौकदेखि कटकुईयाँसम्मको कालोपत्रे गर्ने कार्य अन्तिम चरणमा पुगेको छ ।

कालेपत्रेको काम करिब ९८ प्रतिशत पुरा भएको वडा नं. ६ का वडा अध्यक्ष रामबहादुर डाँगीले जानकारी दिनुभयो । बबई गाउँपालिकाको आर्थिक बर्ष ०७६/०७७ बजेट १ करोड लगानीमा पञ्चकुले चौकदेखि कटकुईयाँसम्म १३ सय मिटरको कालोपत्रे काम अन्तिम चरणमा पुगेको वडा अध्यक्ष डाँगीले बताउनुभयो ।

सो कालोपत्रेको ठेक्का अंकित एण्ड जेनिसा निर्माण सेवाले लिएको थियो । गत आर्थिक बर्षमा सक्नु पर्ने काम भएतापनि लकडाउनका कारण केही भएको हो ।

वडा नं. ६ को कटकुईयाँदेखि वडा नं. ५ को चरकमटियासम्म कालोपत्रे गर्नका लागि आर्थिक बर्ष ०७६/०७७ अन्तर्गतको १ करोड बजेट छुट्याईएको वडा अध्यक्ष डाँगीले बताउनुभयो ।