२०७८ मङ्सिर २२ गते बुधवार
२०७८ मङ्सिर २२ गते बुधवार

प्रशासकीय अधिकृतलाई कोरोना पुष्टिपछि शान्तिनगर गाउँपालिका सिल

शान्तिनगर गाउँपालिकाको कार्यालय ४८ घन्टाका लागि सिल गरिएको छ ।

कार्यालयका प्रमुख प्रशासकीय अधिकृत सहित उनका ड्राइभरलाई कोरोना संक्रमणको पुष्टि भएपछि कार्यालय सिल गरिएको प्रशासन प्रमुख कृष्ण कँडेलले जानकारी दिए ।

विदामा काठमान्डौ गएका प्रमुख प्रशासकीय अधिकृत केहिदिन अघि मात्र कार्यालयमा फर्किएका थिए ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आज गरिएको स्वाब परीक्षणमा अधिृत सहित उनका गाडी ड्राइभरलाई कोरोना पुष्टि भएको थियो ।