२०७९ असोज १९ गते बुधवार
२०७९ असोज १९ गते बुधवार

विद्युत मर्मत गर्दा पोलबाट खसेर एक जनाको मृत्यु

सांकेतिक तस्वीर ।

विद्युत मर्मत गर्दा पोलबाट खसेर एक जनाको ज्यान गएको छ ।

विद्युत प्राधिकरण कुश्मा पर्वत वितरण शाखामा कार्यरत भोलाराम शर्माको पोलबाट खसेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक बुद्धिप्रसाद सुवेदीले जानकारी दिनुभयो ।

बाग्लुङका रामरेखा भएका शर्मा पर्वतको कुश्मा नगरपालिका वडा नम्बर ७ खरेहामा विद्युत् मर्मत गर्दा पोलबाट खस्नुभएको थियो । उहाँलाई उपचारका लागि पर्वत अस्पताल लगिएको थियो ।

शर्मा विद्युत् इलेक्ट्रिसियन तेस्रो तहमा कार्यरत हुनुहुन्थ्यो ।