२०७८ मङ्सिर १७ गते शुक्रवार
२०७८ मङ्सिर १७ गते शुक्रवार

सुनको मूल्य तोलामा ६ सय रुपैयाँले बढ्यो

मंगलबार नेपाली बजारमा सुनको मूल्य बढेको छ ।

सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुन मूल्य प्रतितोलामा ६ सय रुपैयाँले बढेर ९७ हजार ५ सय रुपैयाँमा कारोबार भैरहेको छ ।

सोमबार पनि सुन प्रतितोलामा ४ सय रुपैयाँले बढेर ९६ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य पनि बढेको छ । मंगलबार चाँदी प्रतितोलामा २० रुपैयाँले बढेर एक हजार ३ सय ४० रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ