२०७८ मङ्सिर ६ गते सोमवार
२०७८ मङ्सिर ६ गते सोमवार

घोराही उपमहानगरका ६ कर्मचारीसहित २३ जनामा कोरोना पुष्टि

घोराही उपमहानगरपालिकाको कार्यालय ।

दाङमा आज थप २३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

संक्रमित हुनेहरुमा घोराही उपमहानगरपालिका भित्रका १२ जना महिला र ११ जना पुरुष छन् ।

ति मध्ये घोराही उपमहानगरपालिकाका ६ जना कर्मचारीमा समेत कोरोना संक्रमण पुष्टि भएको छ । एक जना डाक्टर, एक जना इन्जिनियर, एक जना अधिकृत र ३ जना कार्यालय सहयोगीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

यो सँगै घोराहीमा कोरोना संक्रमितको संख्या ३ सय ८८ पुगेको छ ।