२०८१ बैशाख ७ गते शुक्रवार
२०८१ बैशाख ७ गते शुक्रवार

एकैदिन देशभर थप १४ सय ५९ जनामा संक्रमण पुष्टि

नेपालमा दैनिक कोरोना भाइरस संक्रमणको ग्राफ बढ्दै गएको छ। मंगलबार भने एकैदिन सबैभन्दा धेरै मानिसमा संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमका अनुसार उपत्यकामा ७३१ सहित १४ सय ५९ जनामा संक्रमण पुष्टि भएको हो। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५६ हजार ७८८ पुगेको छ।

यसअघि शुक्रबार एकै दिन सबैभन्दा बढी १४ सय ५४ जनामा संक्रमण पुष्टि भएको थियो।

प्रवक्ता गौतमका अनुसार १५ हजार ७७९ कोरोनाका सक्रिय संक्रमित छन्। मन्त्रालयका अनुसार नेपालमा २४ घन्टामा १० हजार ३७५ जनाको पीसीआर परीक्षण गरिएको छ।

पछिल्लो २४ घण्टामा १ हजार ६२ जना कोरोना जितेर डिस्चार्ज भएका छन्।

योसँगै कुल डिस्चार्ज हुनेको संख्या ४० हजार ५०२ पुगेको छ।