२०८१ बैशाख ७ गते शुक्रवार
२०८१ बैशाख ७ गते शुक्रवार

स्वास्थ्य सुरक्षा मापदण्ड पुरा गरे-नगरेको बारे अनुगमन

दाङ जिल्ला उद्योग वाणिज्य संघले वजार खुलेसंगै व्यवसायिक प्रतिष्ठानहरुमा स्वास्थ्य सुरक्षा माप दण्डपुरा भए-नभएको वारेमा अनुगमन जारी राखेको छ । संघले सोमवारदेखि बजारमा पुगेर माप दण्ड पुरा गरे नगरेको बारेमा जानकारी लिन थालेको थियो ।

व्यवसायिक प्रतिष्ठानमा स्वास्थ्य सुरक्षा मापदण्ड पुरा गरेको नगरेको वारेमा अनुगमन जारी राखेको स्वास्थ्य सुरक्षा अनुगमन समितीका संयोजक टंकसिह वुढाथोकीले जानकारी दिए । अनुगमनका क्रममा व्यवसायिहरुले स्वास्थ्य मापदण्ड पुरा गरेको नै पाइएको उनले बताए । ‘अनुगमनका क्रममा नागरिकहरु सचेत नै रहेको पाइएका छौ’ वुढाथोकीले भने । त्यसै गरेर सचेतना सन्देश लेखिएका स्टीकर पनि टाँसिएको थियो । यस प्रकारको अभियानलाइ निरन्तरता दिइने संयोजक वुढाथोकीले बताए ।

टोली मंगलवार घोराहीको बैंकरोड, गणेश मन्दिर रोड, भाडा लाइन, सब्जी मण्डी लगाएको स्थानमा पुगेको थियो । त्यस अवसरमा समितीका सदस्यहरु टंकप्रसाद पोख्रेल, रामप्रसाद पोख्रेल, भाडा व्यवसायि समितीका अध्यक्ष मधुसुदन अधिकारी, फेन्सी व्यवसायि समितीका अध्यक्ष एकराज खनाल, सचिव माधव खनाल, हाडवयर समितीका अध्यक्ष दामोदर केसी, गल्ला तथा किराना व्यवसायि समितीका विनोद पाण्डे लगाएतको सहभागिता रहेको थियो ।