२०८० चैत्र १५ गते बिहिवार
२०८० चैत्र १५ गते बिहिवार

असोज १ देखि विद्यार्थी भर्नाका लागि विद्यालय खुल्ने

जनदबाबले निषेधाज्ञा खुकुलो बनाए पनि असोज १ गते विद्यालय पठनपाठनका लागि नखुल्ने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता दिपक शर्माले मन्त्रिपरिषद्को पछिल्लो निर्णय अनुसार असोज १ गतेदेखि विद्यालय भर्नाको लागि मात्र खुल्ने बताए । उनका अनुसार कोरोना महामारी नियन्त्रणमा नआएका कारण अहिले नै भौतिक रुपमा कक्षा सञ्चालन गर्न सकिँदैन ।

चैतदेखि बन्द भएका शिक्षण संस्था अझैसम्म खुल्न सकेका छैनन् । विद्यालय बन्द हुँदा ८७ लाख बालबालिका पढ्न पाउने अधिकारबाट वञ्‍चित छन् ।