२०७७ असोज ४ गते आइतवार
२०७७ असोज ४ गते आइतवार

करेन्ट लागेर घोराहीमा ३ बालबालिकाको मृत्यु

दाङमा करेन्ट लागेर ३ बालबालिकाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा घोराही उपमहानगरपालिका–१० उत्तरअम्राई निबासी ४ बर्षका रेणुका चौधरी, ८ बर्षका प्रशान्त चौधरी र ३ बर्षका अमृत चौधरी रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता सुमित खड्काले जानकारी दिए ।

पानी तान्न कुलामा जोडिएको मोटरसँग खेल्दै आएका तीन बालबालिकालाई करेन्ट लागेको प्रहरीले जनाएको छ ।