२०७७ असोज ४ गते आइतवार
२०७७ असोज ४ गते आइतवार

कर्मचारीमा संक्रमणपछि घोराही उपमहानगर ४ गतेसम्म सिल

घोराही उपमहानगरपालिका कार्यालयका ६ जना कर्मचारीमा कारोना भाइरस संक्रमण पुष्टि भएपछि आजदेखि ४ दिनका लागि कार्यालय सिल गरिएको छ ।

आज एक सूचना जारी गर्दै उपमहानगरले अत्यावश्यक सेवा बाहेक अन्य सेवाहरु आज बुधबारदेखि असोज ४ गते आइतबारसम्म बन्द रहने जानकारी गराएको छ ।

प्रमुख प्रशासकिय अधिकृत ऋषिराम केसीद्वारारा हस्ताक्षरित जारी विज्ञप्तिमा घोराही उपमहानगरपालिका कार्यालयबाट प्रवाह हुने स्वास्थ्य सेवा, विपद व्यवस्थापन तथा सरसफाई लगायतका अत्यावश्यक सेवा बाहेक सवै सेवा बन्द गरिएको उल्लेख गरिएको छ ।

सूचना :