२०८१ बैशाख ७ गते शुक्रवार
२०८१ बैशाख ७ गते शुक्रवार

भारतमा संक्रमितको संख्या ५० लाख नाघ्यो, ८२ हजार ६६ को मृत्यु

भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ५० लाख नाघेको छ ।

भारतको स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म भारतमा कोरोना भाइरसको कारण संक्रमित हुनेको संख्या ५० लाख २० हजार ३६० पुगेको हो ।

पछिल्लो २४ घण्टामा मात्र भारतमा कोरोना भाइरसका ९० हजार १२३ नयाँ संक्रमित थपिएका थिए ।

त्यस्तै भारतमा कोरोना भाइरसको कारण मृत्यु हुनेको संख्या पनि ८२ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा मात्र भारतमा कोरोना भाइरसको कारण एक हजार २९० जनाको मृत्यु भएको छ । अहिलेसम्म कोरोना भाइरसको कारण भारतमा ८२ हजार ६६ जनाको मृत्यु भएको छ ।

भारतमा ३९ लाख ४२ हजार ३६१ संक्रमित निको भएर घर फर्किसकेका छन् । साथै ९ लाख ९५ हजार ९३३ संक्रमित निको हुन बाँकी छन् ।