२०७७ असोज ४ गते आइतवार
२०७७ असोज ४ गते आइतवार

कोरोना संक्रमित कांग्रेस महामन्त्री कोइराला ज्वरो बढेपछि अस्पताल भर्ना

फाइल तस्वीर ।

कोरोना संक्रमणपछि घरमै आइसोलेशनमा बसिरहेका नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाई अस्पताल भर्ना भएका छन्।

कोइरालालाई ज्वरो बढेपछि चाबहिलस्थित ओम अस्पतालमा भर्ना गरिएको उनका स्वकीय सचिव भरत तिवारीले जानकारी दिए। उनलाई सोमबार साँझ १०३ डिग्री ज्वरो आएको थियो।

ज्वरो नघटेपछि कोइरालालाई ओम अस्पताल भर्ना गरिएको हो। अहिले ज्वरो घटे पनि उनमा निमोनिया भएको चिकित्सकहरुले आशंका गरेका छन्। बिहान कोइरालाले सुप खाएको तिवारीले बताए।

उनी भदौ १३ गते कोरोना संक्रमण पुष्टि भएपछि घरमै आइसोलेशनमा बसेका थिए। उनको स्वास्थ्य अवस्था स्थीर रहेको अस्पतालद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ। कोइरालालाई ओम अस्पतालका मेडिकल डाइरेक्टर तथा सिनियर कन्सल्ट्यान्ट फिजिसियन डा‍. विश्वनाथ कोइरालाको नेतृत्वमा कन्सन्ल्यान्ट पल्मोनोलोजिस्ट डा. सुबोध सागर ढकाल र कन्सन्ल्यान्ट इन्टेन्सिभिष्ट डा प्रमेश सुन्दर श्रेष्ठ लगायतको टोलिले उपचार गरिरहेको अस्पतालले जनाएको छ।