२०८१ बैशाख ६ गते बिहिवार
२०८१ बैशाख ६ गते बिहिवार

आफ्नै घरको छतबाट खसेर एक पुरुषको मृत्यु

सांकेतिक तस्वीर ।

बर्दियामा आफ्नै घरको छतबाट खसेर एक पुरुषको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बढैयाताल गाउँपालिका–८ कण्ठपुरका ५० वर्षका कर्णबहादुर सुनार रहेका छन् ।

आफ्नै एक तले घरको छतमा सुत्न जाने क्रममा लडेर घाइते भएका उनको उपचारका लागि नेपालगञ्ज नर्सिङ होम लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रदेश प्रहरीले जनाएको छ ।

अनुसन्धानका क्रममा उनले मादक पदार्थ सेवन गरेको पाइएको प्रहरीले जनाएको छ ।