२०७७ असोज ४ गते आइतवार
२०७७ असोज ४ गते आइतवार

सल्यानमा बस दुर्घटना हुँदा १६ जना घाईते

सल्यानमा बस दुर्घटना हुँदा १६ जना यात्रु घाईते भएका छन।

जिल्लाको भोटेचौर बाट श्रीनगर तर्फ गैरहेको ना ७ ख १८४६ नम्बरको शारदा यातायात प्रालिको बस छत्रेश्वरी गाउँपालिकाको वडा नम्बर ६ स्थित भुमेश्वर जिउलामा दुर्घटना भएको प्रहरीले बताएको छ।

१७ जना यात्रु सवार गाडी दुर्घटनाबाट ६ जना महिला र १० पुरुष घाइते भएको उद्दारमा खटिएका प्रहरीले बताएका छन। घाइते सबैको अहिले श्रीनगरको कान्तिपुर सामुदायिक अस्पतालमा उपचार भैरहेको छ।

घाइते मध्यका १ जनालाई बढी चोट लागेको छ। उनिलाई थप उपचारको लागि रिफर गर्ने तयारी भैरहेको अस्पताल श्रोतले जनाएको छ।