२०७८ मङ्सिर १४ गते मङ्गलवार
२०७८ मङ्सिर १४ गते मङ्गलवार

रुखबाट लडेर घाइते महिलाको उपचार नपाउँदा मृत्यु

फाइल तस्वीर ।

समयमै उपचार नपाउँदा रुखबाट लडेर गम्भीर घाइते भएकी शीतगंगा नगरपालिका–९ सिद्धाराकी ७१ वर्षीया हेमकला विकको मृत्यु भएको छ ।

मंगलबार घर नजिकैको रुखमा डाले घाँस काट्न चढेको बेला विक रुखबाट लडेकी थिइन् । लगातारको वर्षापछि पहिरोले विभिन्न ठाउँमा सडक अवरुद्ध भएकाले समयमै गाडी नपाउँदा उनलाई बुधबार बिहान मात्रै उपचारका लागि लगिएको थियो ।

उनलाई गाडी चल्ने ठाउँसम्म बोकेरै लगिएको थियो । उपचारका लागि बुटवल लैजाँदै गर्दा बाटोमै उनको मृत्यु भएको प्रहरी निरीक्षक प्रकाश खत्रीले बताए ।