२०८१ बैशाख ८ गते शनिवार
२०८१ बैशाख ८ गते शनिवार

प्युठानमा थप २१ जनामा कोरोना संक्रमण

प्युठानमा बुधबार थप २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रदेश जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको कोरोना परिक्षणमा प्युठानका विभिन्न पालिकाका ५ महिलासहित थप २१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय प्युठानका प्रमुख बिशाल सुबेदीले जानकारी दिए ।

प्रमुख सुबेदीका अनुसार, झिमरुक गाउँपाकिकाका ७ जना, प्युठान नगरपालिकाका ९ जना, स्वर्गद्वारी नगरपालिकाका १ जना र सरुमारानी गाउँपालिकाका ४ जना गरी २१ जमामा कोरोना संक्रमण देखिएको हो । संक्रमितहरु १४ देखी ६४ बर्ष उमेर समुहका रहेका छन ।

यो सङ्गै जिल्लामा कोरोनाबाट संक्रमित हुनेको संख्या ४ सय ९६ पुगेको छ । जसमध्ये, दुई जनाको मृत्यु भइसकेको छ भने ४ सय ५२ जना संक्रमित कोरोना मुक्त भइ डिस्चार्ज भइसकेका छन ।