२०७८ मङ्सिर १५ गते बुधवार
२०७८ मङ्सिर १५ गते बुधवार

मलेसियामा मोटरसाईकल दुर्घटनामा परी बबईका युवक गम्भीर घाइते

मोटरसाईकल दुर्घटनामा परी मलेसियामा पश्चिमदाङका एक युवक गम्भीर घाइते भएका छन् ।

घाइते हुनेमा पश्चिम दाङ बबई गाउँपालिका वडा नंं. ५ रोल्पालीतराका दिपक खड्का रहेका छन् । खड्काको टाउकोमा गम्भीर चोट लागेको र हाल मलेसियाको Hospital Tuanka Jaafar Serembang Rasa मा उपचार भईरहेको बिजय केसीलाई उद्रित गर्दै मलेसियाबाट दाङका रामप्रसाद सुवेदीले जानकारी दिएका छन् ।

घाइते खड्काको उपचार खर्च कम्पनीले ब्यहोरेको बताईएको छ ।