२०७८ मङ्सिर १७ गते शुक्रवार
२०७८ मङ्सिर १७ गते शुक्रवार

पाल्पामा कोरोना संक्रमित पुरुषको मृत्यु

सांकेतिक तस्वीर ।

तानसेन नगरपालिका र मिसन अस्पतालले सञ्चालन गरेको वृद्धाश्रम आइसोलेसनमा उपचाररत ५२ वर्षीय कोरोना संक्रमितको बिहीबार बिहान मृत्यु भएको छ ।

तानसेन नगरपालिका–७ का बिरामीलाई केही दिनअघि मिसन अस्पतालमा उपचारका लागि भर्ना गरिएको र उपचारका क्रममा निधन भएको स्वास्थ्य कार्यालयका सूचना अधिकारी ओमप्रकाश पन्थीले जानकारी दिए ।