२०७८ मङ्सिर १४ गते मङ्गलवार
२०७८ मङ्सिर १४ गते मङ्गलवार

शान्तिनगर गाउँपालिका असोज ४ गतेसम्म बन्द

शान्तिनगर गाउँपालिकाको कार्यालय आगामी असोज ४ गतेसम्म बन्द हुने भएको छ ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सहित २ जना कर्मचारीमा कोरोना पुष्टि भएपछि गत भदौ २९ गते ४८ घण्टाका लागि गाउँपालिकाको कार्यालय सिल गरिएको थियो ।

गाउँपालिकाका थप केही कर्मचारीको पिसिआर परिक्षणका लागि स्वाब संकलन गरी पठाईएको र रिपोर्ट नआउँदासम्म क्वारेन्टाईनमा बस्नुपर्ने भएकाले आगामी  असोज ४ गतेसम्म गाउँपालिका बन्द रहने आज एक सुचनाजारी गरी जानकारी गराईएको छ ।

शान्तिनगर गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत कृष्ण कुमार कँडेलेद्धाराहस्ताक्षरीत सुचनामा कार्यालयबाट प्रवाह गरिने स्वास्थ्य सेवा बाहेक सबै सेवा बन्द गरिएको उल्लेख गरिएको छ ।