२०७८ मङ्सिर १६ गते बिहिवार
२०७८ मङ्सिर १६ गते बिहिवार

यात्रु रोक्दै, मास्क बाँड्दै

दंगीशरण गाउँपालिका वडा नं. ३ स्थित हेकुली चौकमा यूवाहरु मास्क नलगाई यात्रा गरिरहेको नागरीकहरुलाई माक्स वितरण गरिरहेका थिए ।

‘माक्स प्रयोग गरेर हिड्नुस् है ।’ एक यूवाले अटो रोकेर मास्क दिए । अर्को एक जनाले सेनीटाईजर दिए । ६, ७ जना यूवाहरु दुई दि देखि कोभिड १९ बाट बच्नका लागि मास्कको अनिवार्य प्रयोग गर्नुपर्छ भन्दै बाटोमा हिड्ने नागरीकहरुलाई सचेत पार्दै थिए ।

पैदल यात्रीहरु संगसगैँ गाडिमा सवार कोहि नागरीकहरुलाई उनीहरुले छोडेनन् । ‘भोलीका दिनमा माक्स प्रयोग नगरेको देखेमा जरीवाना तिराउँछौँ ।’ उनीहरुले यसरी नागरीकहरुलाई पनि सचेत पार्दै थिए । यात्रीहरु ‘हस् हजुर’ भन्दै फिस्स हाँस्थे र मास्क लगाएर अगाडि बढ्थे । यो दृश्यले यो समाजका लागि यो राष्ट्रका लागि साच्चीकै यूवाहरुको आवश्यक छ जस्तो अनुभव गराईरहेको थियो । नागरीकहरु ‘धन्यवाद छ’ भन्दै शिर निहुराएर मास्क लगार् अगाडि बढ्थे ।

दंगीशरण ३ एकलीका बबई चिरागार दोभान युवा क्लवका यूवाहरुले कोभिड १९ को सन्दर्भमा कोभिडबाट सुरक्षित रहनका लागि निःशुल्क मास्क वितरण कार्यलाई अगाडि बढाएका छन् । ‘घरमा बसौँ सुरक्षीत रहौँ, भिडभाडमा जाँदा अनीवार्य मास्कको प्रयोग गरौँ’ भन्ने नारासहित यूवाहरुले यो अभियानलाई अगाडि बढाएका हुन् ।

केहि मास्क क्लब र केहि मास्क र सेनिटाईजर हिरा डांगी फाउण्डेशनले सहयोग गरेको क्लवका अध्यक्ष होम बहादुर केसीले जानकारी दिए । समुदाय स्तरमा कोरोना भित्रीसकेकाले यो अभियानको सुरुवात गरेको क्लवका ससचिव अर्जुन देवकोटाले बताए । उपाध्यक्ष सुनिल थापा कोषध्यक्ष ध्रुब डांगीलगाएतका क्लवका यूवाहरु आफै वडाको गाउँ, टोल र चौकहरुमा खटिएर मास्क वितरण कार्यलाई जारी राखेका छन् ।