२०७९ असोज १३ गते बिहिवार
२०७९ असोज १३ गते बिहिवार

बाँकेमा कोरोनाबाट ४५ वर्षीय पुरुषको मृत्यु

सांकेतिक तस्वीर ।

बाँकेमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ९ पुगेको छ । बिहिबार नेपालगन्ज उपमहानगरपालिका १ का ४५ वर्षीय पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

भदौ २९ गते स्वास्थ्यमा समस्या देखिएपछि नेपालगन्ज शिक्षण अस्पताल नेपालगन्जमा भर्ना गरीएका ति पुरुषमा कोरोना संक्रमण देखिएको थियो । ३० गते स्वाव संकलन गरी परिक्षण गरीएकोमा ३१ गते ति पुरुषमा संक्रमण देखिएको थियो ।

कोरोना संक्रमण देखिएपछि थप उपचारका लागि भेरी अस्पताल नेपालगन्जको आईसोलेशनमा रिफर गरीएका ति पुरुषको उपचारकै क्रममा आज बिहिबार मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।

दुबै तिरको फोक्सोमा निमोनिया भएका ति पुरुषलाई स्वासप्रस्वासमा समस्या देखिएपछि भेरी अस्पतालको भेन्टिलेटरमा राखी उपचार सुरु गरीएकोमा आज बेलुका सवा ५ बजे ति ब्यक्तिको मृत्यु भएको श्रेष्ठले पुष्टि गरेका छन ।