२०८० चैत्र १६ गते शुक्रवार
२०८० चैत्र १६ गते शुक्रवार

कांग्रेस सभापति देउवा र परिवारको कोरोना रिपोर्ट नेगेटिभ

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उनको परिवारका सबै सदस्यको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ। घरमा काम गर्ने एक जना सहयोगीमा कोरोना पोजिटिभ देखिएपछि देउवाको परिवार कन्ट्याक्ट ट्रेसिङमा परेको थियो।

बिहीबार स्वाब संकलन गरी पीसिआर परीक्षण गर्दा आज बिहान सभापति देउवा, देउवा पत्नी कांग्रेस नेतृ डा। आर्जु, छोरासहित परिवारका सबै सदस्यको पीसीआर रिपोर्ट नेगेटिभ आएको उनको निजी सचिवालयले जनाएको छ।

दुई जना सहयोगीलाई ज्वरो देखिएपछि केही दिन अगाडि पीसीआर परीक्षण गर्दा एक जनामा पोजिटिभ देखिएपछि परिवारका सबै सदस्य स्वास्थ्य मापदण्ड अपनाएर होम आइसोलेसनमा बसेका थिए।