२०७८ मङ्सिर १७ गते शुक्रवार
२०७८ मङ्सिर १७ गते शुक्रवार

एकैदिन २ हजार २० जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा कोरोना भाइरस संक्रमणको ग्राफ बढ्दै गएको छ।

शुक्रबार एकैदिन २०२० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले जानकारी दिए।

योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ६१ हजार ५९३ पुगेको छ।

कोरोना रोकथाम र नियन्त्रणका लागि गरेको लकडाउन र निषेधाज्ञाको चौतफी विरोध भएपछि विस्तारै सरकारले सबै क्षेत्र खुला गर्दै लगेपछि कोरोनाको ग्राफ बढ्दै गएको हो।

पछिल्ला दिनमा ठूला सहरमा संक्रमितको संख्या बढ्दै गएको छ।