२०८१ बैशाख ७ गते शुक्रवार
२०८१ बैशाख ७ गते शुक्रवार

गणेशमान सिंहको २३औँ स्मृतिको अवसरमा रक्तदान

नेपाली कांग्रेसका संस्थापक नेता एवं २०४६ सालको जनआन्दोलनका कमाण्डर गणेशमान सिंहको २३औँ स्मृति दिवसका अवसरमा तुलसीपुरमा रक्तदान गरिएको छ ।

नेपाल तरुण दल दाङले शुक्रवार तुलसीपुरमा एक कार्यक्रमको आयोजना गरि सिंहको सम्झनामा रक्तदान कार्यक्रम गरेको हो । उक्त कार्यक्रमलाई सम्बोधन गर्दे प्रमुख अतिथि पुर्व सांसद कांग्रेस दाङका पूर्व सभापति गेहेन्द्र गिरीले नेता सिंहको त्याग, सर्मपन र योगदानको जति चर्चा गरेपनि नपुग्ने बताए । लौह पुरुष सिंहको थोरै अंशपनि अहिलेका नेताहरुले अनुसरण गर्न सके मात्र कांग्रेसले नयाँ जीवन प्राप्त गर्ने उनको तर्क थियो ।कांग्रेस एक ढिक्का भएर अगाडी नबढ्दा सम्म प्रजातन्त्रमाथिको खतरा कहिलै नसकिने उनले बताए ।

उक्त कार्यक्रमलाई सम्वोधन गर्दै संविधान सभाका सदस्य बुद्धिराम भण्डारीले लौह पुरुस सिंहले गरेको योगदानले नै नेपालमा खोसिएको प्रजातन्त्र पुर्नंस्थापना गर्न संभव भएको बताए । गणेशमान जस्तो निडर, निर्भिक, त्याग र सर्मपन भएको नेता आज देशमा खड्किएको उनले बताए ।

कार्यक्रमलाई पुर्व क्षेत्रिय सभापति मदन रसिक, पूर्व जिल्ला सभापति नारायणप्रसाद शर्मा, नेविसघंका पूर्व केन्द्रिय उपाध्यक्ष प्रदिप खड्का, पुर्व केन्द्रिय सदस्य भेसराज डाँगी लगाएतले मन्तव्य व्यक्त गरेका थिए ।

तरुण दल दाङका अध्यक्ष टिका घर्तीको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण उपाध्यक्ष मुक्तिप्रसाद न्यौपानेले गरेका हुन ।

कार्यक्रममा १४ जनाले रक्तदान गरेको अध्यक्ष घर्तीले जानकारी दिएका छन् ।